रुपन्देहीको महुवारीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गयो, एक जना घाइते

 मंसिर १६, २०८० शनिबार ११:५७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ महुवारीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

सूर्यपूरा–३ सिद्धार्थ बोर्डिंग स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–४ का २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुक्सना खातुन रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा घाइते १७ वर्षीया अप्सना खातुनको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने बस जलाएका छन् । उनीहरुले प्रदर्शन पनि गरिरहेका छन् । घटनापछि बस चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया