सरकारले स्टार्टअप उद्यम गर्नेलाई १० वर्ष आयकर छुट तथा सुविधा उ...
जेठ ६, २०८१ आइतबार
कतारको दोहामा पक्राउ परेका आफ्ना आठ जना नागरिकलाई त्यहाँको अदालतले सुनाएको मृत्युदण्डको सजाय घटाएको भारतले दाबी गरेको छ ।
जासुसी गरेको आरोपमा गएको अगस्टमा आठ जना भारतीय पक्राउ परेका थिए । उनीहरू सबै भारतका पूर्वनौसैनिक अधिकारी हुन् । भारतको विदेश मन्त्रालयले उनीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय घटाएको जनाए पनि थप विवरण र अवस्था उल्लेख नगरेको बीबीसीले जनाएको छ ।
पक्राउ पर्नेहरूलाई इजरायलका लागि जासुसी गरेको आरोपमा कतारको अदालतले गएको अक्टोबरमा मृत्युदण्डको सजाय सुनाएको थियो । लगत्तै भारतले आफू स्तब्ध भएको प्रतिक्रिया जनाएको थियो । कतारले यो विषयमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक भएको छैन । भारतले मुद्दाको गोपनीयता र संवेदनशीलताका कारण थप टिप्पणी गर्नु उचित नरहेको जनाएको छ ।
पक्राउ पर्नेहरू कतारको अल दहरा कम्पनीमा सन् २०२२ को अक्टोबरदेखि कार्यरत थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।