मध्यवर्तीका बासिन्दालाई वन्यजन्तुबाट अन्नबाली र ज्यान जोगाउनै मुस्किल

 पुस २२, २०८० आइतबार ९:५५:२० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मध्यवर्ती आसपासका बासिन्दालाई वन्यजन्तुका कारण आफूले लगाएको अन्नबालीसँगै ज्यान जोगाउन मुस्किल हुँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुर, मकवानपुर मनहरीलगायतका बासिन्दा वन्यजन्तुका कारण समस्यामा छन् । बाघ, गैँडा, मृग, बँदेल, हात्तीलगायतका जनावर बस्तीमा पसेर क्षति गर्न थालेपछि स्थानीय चिन्तित भएका छन् ।  विनयी त्रिवेणी गाउँपालिका–१ मा गएको पुस ९ गते बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको ज्यान गएको थियो ।

वन्यजन्तुले बाली र घरपालुवा चौपायालाई नोक्सान पुर्याउने मात्रै नभइ मानवीय क्षतिसमेत हुन थालेपछि समस्या जटिल बनेको कावासोती–१० की सीता पङ्गेनीले गुनासो गर्नुभयो । मध्यवर्तीका बासिन्दालाई जनधनको सुरक्षा गर्न मुस्किल भएको मध्यबिन्दु नगरपालिका–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।      

यस्तै, मकवानपुरको मनहरीका स्थानीय बासिन्दा पनि वन्यजन्तुबाट समस्यामा परेका छन् । मनहरी गाउँपालिका वडा नम्बर–७ को रमौली, प्रतापपुर र बिजौनालगायत क्षेत्रमा जङ्गली हात्ती प्रवेश गर्न थालेपछि स्थानीय समस्यामा परेका हुन् ।  मनहरी पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्छ ।

संरक्षणकर्मी प्रेमशङ्कर थारूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसेमैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने बताउनुहुन्छ । वन्यजन्तुको संरक्षणसहित यसको क्षति रोक्न सरकारीस्तरबाट ठोस योजना र त्यसको कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया