प्रम अाेली आफैं संघीयतालाई समाप्त पार्ने षडयन्त्रमा लागिरहनुभएकाे छ: कांग्रेस नेता चीनकाजी श्रेष्ठ

 कात्तिक २५, २०७५ आइतबार १९:०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओली आफैं संघीयतालाई समाप्त पार्ने षडयन्त्रमा लागिरहेको गम्भीर आरोप लगाउनु भएको छ ।

नेता श्रेष्ठले प्रदेश र स्थानीय तहको आर्थिक तथा प्राकृतिक स्रोत बाँडफाँडलगायतका काम गर्न गठन गर्नुपर्ने प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन गर्न किन ढिलाई गरेको भन्दै सरकारलाई प्रश्न पनि गर्नुभयो ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले विकास निर्माणको कामलाई अघि नबढाएको, कर थोपर्ने काम गरेको भन्दै सरकारको समग्र काम कार्बाहीप्रति आक्रोश व्यक्त गर्नुभयो ।

नेता श्रेष्ठले शक्ति आफ्नो हातमा लिएर सरकारले विपक्ष दललाई तर्साउने गतिविधि गरिरहेको आरोप पनि लगाउनुभयो ।

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता टोपबहादुर रायमाझीले भने सरकारको कामको समीक्षा गर्ने बेला नभएको जवाफ दिनु भएको थियो ।

उहाँले ५ वर्षे अवधिको सरकारलाई ८ महिना पूरा नहुँदै विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क पनि गर्नुभयो । नेता रायमाझीले सरकारलाई विकास, निर्माणको काममा रचनात्मक सहयोग गर्न पनि कांग्रेससँग आग्रह गर्नु भयो ।

नेता रायमाझीले सरकारको आलोचनामा मात्रै समय नबिताउन पनि प्रमुख प्रतिपक्ष कांग्रेससँग आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया