तीन जिल्लाको सङ्गमस्थल रुरु क्षेत्रमा आज पनि दर्शनार्थीकाे घुइँचाे

 माघ २, २०८० मंगलबार ९:१८:३५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - धार्मिकस्थल रुरु क्षेत्र रिडीमा आज दोस्रो दिन पनि दर्शन तथा मेलाका लागि पुग्नेहरुको भिडभाड छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकीमा स्नान गर्नका लागि दर्शनार्थीको घुइँचो छ । नेपालका बराह क्षेत्र, पशुपतिनाथ, जनकपुर धामसहित रुरु क्षेत्र पनि एक मुख्यधाम मानिन्छ ।

धार्मिक तथा सांस्कृतिक रुपमा महत्त्वपूर्ण रहेको रुरु क्षेत्रमा हिजो मुख्य दिन माघे सङ्क्रान्ति नुहाउनेहरुको भीड लागेको थियो । माघे सङ्क्रान्तिको अवसरमा हिजोदेखि शुरु भएको मेला ६ दिनसम्म चल्ने छ। स्थानीय रुरु फ्रेण्ड्स क्लबसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा मेला गरिएको हो ।

मेलामा विशेषगरी उनबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी, बाँस तथा चोयाबाट बनेका सामग्री, ओखरका घाँजी, गुँड, सुन्तलालगायतका वस्तु बिक्रीका लागि राखिएको छ । मेलामा व्यापार गर्न प्यूठान, बाग्लुङ, रुकुम, रोल्पालगायतका ठाउँबाट समेत व्यापारीहरु रिडीमा पुगेका छन् ।

त्यस्तै, जिल्लास्तरीय कृषि मेला प्रदर्शनीकाे आयोजना गरिएको छ । रुरु क्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा रैथानेबाली संरक्षणका लागि प्रदर्शनी राखिएको हो ।

प्रदर्शनीमा स्थानीय सुन्तलाजात फलफूल, तरकारी, खाद्यान्नवाली तथा बिउबिजनलगायतका स्थानीय रैथाने वस्तु छन् । त्यस्तै, रिडीमा निर्माण भएको तीनमुखे झोलुङ्गे पुल हेर्न र घुम्नका लागि पनि मानिसको भीड लाग्ने गरेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लालाई जोड्ने गरी सङ्घ सरकारको सहयोगमा दुई वर्ष अघि तीनमुखे झोलुङ्गे पुल निर्माण भएको थियो । पुल निर्माणपछि आन्तरिक पर्यटक घुम्न जाने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया