मुग्लिन–मलेखु सडक खण्ड विस्तारको काम १ वर्षमा ६ प्रतिशत मात्र

 माघ ३, २०८० बुधबार १८:३३:४८ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा जम्मा ६ प्रतिशत मात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत ३९ किलोमिटर लामो सडकको काम गएको वर्षको पुसदेखि शुरु भएको थियो । तर १ वर्षमा जम्मा ६ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

सडक विस्तारको काम सुस्त हुँदा यात्रु तथा वरपरका बासिन्दा धुलो, हिलो र खाल्डाखुल्डीले हैरान भएका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुको यात्राको समय लम्बिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षा र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो । १ वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्साङ्कन परिवर्तन गर्न नै ६ महिना लागेको उहाँले जानकारी दिनुभयो । अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ ।

यो सडकमा रहेका ८ वटा पुलमध्ये ६ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये ५ वटा पुलको काम भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम शुरु हुन सकेको छैन । अन्य २ वटा पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।

३ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा–जेडआई सीजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया