चितवनमा ६ महिनामा ९ वटा गैँडा मरे

 माघ ३, २०८० बुधबार १८:३२:० | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको ६ महिनामा ९ वटा गैँडा मरेका छन् । तीमध्ये २ वटा सिकारीले मारेको पुष्टि भएको र थप एउटा सिकारीले मारेको आशङ्का गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर २, आपसमा जुधेर २ र बाघ एवम् गोहीको आक्रमणबाट २ वटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोस्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले २ वटा गैँडा मरेका थिए ।

त्यस्तै तस्करहरूले ६ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्कर पक्राउ परिसकेका छन् । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले त्याे गैँडा तस्करले मारेको आशङ्का गरेको बताउनुभयो । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उहाँले बताउनुभयो । अहिले पनि याे घटनाको अनुसन्धान भइरहेको छ ।

निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२/७३ यता २ सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा सिकारीले मारेको आशङ्का गरिएको छ । बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ वटा गैँडा छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया