झापाको जामुनखाडी सामुदायिक वनमा आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्र सञ्चालनमा

 माघ ६, २०८० शनिबार १५:३८:२२ | रासस
unn.prixa.net

काठमाण्डाै - घाइते र अलपत्र परेका वन्यजन्तु राख्नका लागि झापाको जामुनखाडी सामुदायिक वनले आधुनिक र प्राकृतिक वातावरणमैत्री प्राणी उद्धार केन्द्र सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकार र सामुदायिक वनको दुई करोड रुपैयाँभन्दा धेरैको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा वनभित्र रहेका पशुपन्छीहरुलाई स्थानान्तरण गर्न समेत थालिएको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा पहिलोपटक स्थापना भएको केन्द्रमा दुई दर्जनभन्दा बढी विभिन्न प्रजातिका पशुपन्छी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ । उहाँले सामुदायिक वनले पर्या–पर्यटन शुरु गरेदेखि पाल्न शुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न ठाउँबाट उद्धार गरेका पशुपन्छीलाई उद्धार केन्द्रमा राख्ने गरेको बताउनुभयो ।

'नयाँ बनेको भौतिक संरचनामा राखिएका पशुपन्छीलाई थुनिएको थाहा पनि हुँदैन', सिटौलाले भन्नुभयो, 'अहिले खुला र फराकिलो ठाउँ छ, पहिले साँघुरो थियो ।' जामुनबाडी सामुदायिक वन पहिलेदेखि नै खुला चिडियाखानाका रुपमा प्रसिद्ध छ ।

 वनको खुला चिडियाखानामा अहिले चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको अध्यक्ष सिटौलाको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया