तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन नहट्ने

 माघ १०, २०८० बुधबार १८:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन नहट्ने भएको छ । तराईका कुनै–कुनै ठाउँमा बेलुकासम्म नै बाक्लो हुस्सुले ढाकिरहेको छ भने शीतलहर पनि चलेको छ ।

तीव्र गतिको हावा नचलेको र पानी नपरेकोले राति लागेको हुस्सु दिनभरि पनि नहटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

बाक्लो हुस्सुले तराई क्षेत्रका सबैजसो विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । धेरैजसो उडान ढिलाइ भएका छन्, केही रद्द भएका छन् । सडकमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।

यसैबीच अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली भएको छ । ताप्लेजुङ, गोरखा, मनाङलगायत जिल्लाका केही ठाउँमा हल्का पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ ।

नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले केही दिन, केही ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिनुभयो । तर देशैभर जमिन भिज्ने गरी एकैपटक पानी पर्ने सम्भावना भने कम रहेको छ । चर्को खडेरीले बालीनालीमा ठूलो असर परेको छ, केही ठाउँमा पानीको हाहाकार हुनुका साथै प्रदूषण पनि बढेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया