काठमाण्डौसहित देशभर चिसो बढ्यो, काठमाण्डौमा आजको न्यूनतम तापक्रम ३ डिग्री

 माघ ११, २०८० बिहिबार ९:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा आज यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ ।

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । यसअघि गएको सोमवार काठमाण्डौको न्यूनतम तापक्रम तीन दशमलव २ डिग्री मापन गरिएको थियो । आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाले जनाएको छ । 

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ४, डडेलधुराको १ दशमलव ७ डिग्री, दीयापलको शून्य दशमलव ८ र धनगढीको १ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया