मनाङको तापक्रम माइनस २२ डिग्री, पिउने पानीको जोहो गर्न मुस्किल, चिसोले ग्याससमेत बल्न छाड्यो

 माघ ११, २०८० बिहिबार १५:३०:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

मनाङ – हिमाली जिल्ला मनाङको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । मनाङमा दिउँसोको समयमै तापक्रम माइनस १२ डिग्री पुग्ने गरेको छ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।

चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार चिसोले धारामा पानी जमेको छ, हिउँ कम भए पनि चिसोले ग्यास बलेको छैन, गाडीको आउजाउ कम छ, पिउने पानी जोहो गर्नै मुस्किल छ । चिसो बढेसँगै मनाङमा पूर्वाधारका काम मङ्सिरदेखि नै ठप्प भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएका छन् । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उहाँले जानकारी दिनुभयो ।

पहिलो हिमपात हुनासाथ स्थानीयहरु लमजुङ, काठमाण्डौ, पोखरा लगायतका ठाउँतर्फ झर्ने क्रम जारी रहेको प्रशासन कार्यालयले जनाएको छ । स्थानीय नै नभएपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई वटा प्रहरी चौकी सदरमुकाम सारिएको लामिछानेले जानकारी दिनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसोमा पर्यटकको सङ्ख्या घटेको बताउनुभयो ।

मनाङमा फागुनको पहिलो हप्तादेखि खेतीपातीको समय शुरु हुन्छ । त्यही बेला बेसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया