सुनवल नगरपालिकाबाट तलब, भत्ता लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

 माघ १४, २०८० आइतबार १६:१५:२७ | रासस
unn.prixa.net

नवलपरासी – नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ ।

नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरेको मेयर विमला अर्यालले बताउनुभयो । नगरपालिकाको तलब, भत्ता सुविधा लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका लागि नीति कार्यान्वयनमा ल्याएको उहाँको भनाइ छ । पालिकाभित्र रहेका शैक्षिक संस्थाको गुणस्तरमा वृद्धिसमेत हुने अपेक्षा लिएको अर्यालकाे भनाइ छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि नगरपालिकाले गएकाे वर्षदेखि अभियान सञ्चालन गरेको थियो । नीति आउँदो शैक्षिक सत्रदेखि लागू हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता सुविधा उपभाग गर्ने तीन सय ६७ जना छन् । ज्यालादारीसहितका अन्य दुई सय ११ जना कर्मचारी, सामुदायिक विद्यालयका निजी स्रोतबाट ८८ जना र ससर्त अनुदानबाट अन्य शिक्षकसमेत रहेका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया