तमोर नदीबाट लिफ्टिङ गरी धनकुटाकाे ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइँदै

 माघ १६, २०८० मंगलबार ९:१८:४ | रासस
unn.prixa.net

धनकुटा - तमोर नदीबाट खानेपानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्याउने गरी काम भइरहेको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा पानी लैजान जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत काम भइरहेको हो ।

योजना अन्तर्गत ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चारवटा सुरक्षा भवनको काम सकिएको छ ।

सङ्घीय सरकारको १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट १४ किलोमिटर खानेपानी लिफ्टिङ पूर्वाधारको काम भइरहेको र एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिनुभयो । आयोजनाबाट सबैभन्दा धेरै ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्नेछ ।

खानेपानीको समस्याका कारण बसाइँसराइ बढेको हुँदा आयोजना सम्पन्न भएपछि बसाइँ सर्नेक्रम रोकिने अपेक्षा गरिएको वडा ४ का सचिव शङ्कर ओझाले बताउनुभयो । २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ ।

अहिलेसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिनुभयो ।  समयमा बजेट उपलब्ध भए आउँदो असार मसान्तसम्म काम सकेर साउन–भदौदेखि खानेपानीको परीक्षण शुरु गर्ने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया