अबकाे ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना

 माघ १६, २०८० मंगलबार १८:३४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पश्चिमी वायुको कारण अहिले देशैभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर अबको ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँमा पानी पर्ने भए पनि मध्य र पूर्वी नेपालमा भने पानी पर्ने धेरै सम्भावना छैन । यी ठाउँमा फाट्टफुट्ट पानी पर्नेछ ।

आज राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही ठाउँमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ । यस्तै पर्सि पश्चिम नेपालका केही ठाउँमा दिनभरि नै पानी पर्ने महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली सबैजसो ठाउँमा हिमपात हुनेछ ।

केही दिनअघि मात्र पनि देशका केही ठाउँमा छिटफुट वर्षा र हिमपात हुँदा किसान खुसी भएका थिए । लामाे समयकाे खडेरी पछि पानी पार्ने र हिमपात हुने खबरले उनीहरू झनै खुसी छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया