आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा छिटपुट वर्षाकाे सम्भावना

 माघ १९, २०८० शुक्रबार १०:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - हिजो दिनभर वर्षा र हिमपात भएको ठाउँमा आज चिसो बढेको छ । हिजो सुुदूरपश्चिम, कर्णाली र लुुम्बिनीसँगै बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी भेगका धेरै ठाउँमा हल्का पानी परेको थियो ।

आज पनि पहाडी भेगका धेरै ठाउँमा आंशिक बदली हुने र कतैकतै फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने अनुमान छ। तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो हटेको छ । थोरै ठाउँमा मात्रै बिहान हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले हिजो धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बाग्लुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको बाक्लो हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

पर्सि आइतवारदेखि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया