पश्चिम नेपालमा वर्षा र हिमपात, पानी पर्ने क्रम पूर्वतिर सर्दै

 माघ २१, २०८० आइतबार १५:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्लामा हिमपात । तस्बिर : रासस

काठमाण्डाै – अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको छ । देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मतीका केही ठाउँमा पनि फाट्टफुट्ट वर्षा भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

अहिले काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि हल्का पानी परिरहेको छ । पश्चिमी वायुका कारण बादल पूर्वतिर सर्दै गइरहेको र बेलुकीसम्म बाग्मतीसहित पूर्वका जिल्लामा पानी पर्ने क्रम बढ्ने मौसमविद् अधिकारीले बताउनुभयो । यी क्षेत्रमा १० मिलिमिटरसम्म पानी पर्न सक्ने उहाँको भनाइ छ । भोलि बेलुकीदेखि मौसममा सुधार हुँदै जाने उहाँले बताउनुभयो ।

पश्चिमी वायु सक्रिय भएसँगै तराई मधेसमा हुस्सु, कुहिरो हटेर मौसममा सुधार हुँदै गइरहेको छ ।

यसैबीच हुम्लामा फेरि आज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष हुम्लामा चौथो पटक हिमपात भएको हो । बिहानदेखि हिमपात भइरहँदा जनजीवन कष्टकर बनाएको लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताउनुभयो । हिमपातका कारण हुम्लामा हवाई सेवा रोकिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया