लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी केही क्षेत्रमा आंशिक बदली : अरु ठाउँको मौसम सफा

 माघ २४, २०८० बुधबार ९:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी केही ठाउँको मौसम आंशिक बदली रहेको छ । अरु बाँकी क्षेत्रको मौसम आज सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकामा हिजोभन्दा चिसोे छ । आज बिहान पाैने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाको अनुमान छ ।

यस्तै, आज पनि तराईका केही ठाउँमा बिहान पातलो हुस्सु र कुहिरो लागेकाे छ । तर घाम लागेपछि बिस्तारै हट्ने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया