काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्याे

 माघ २६, २०८० शुक्रबार १०:१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्दै जाने मौसमविद् सञ्जीव अधिकारीले बताउनु भयो ।

आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री रहेको छ ।

यस्तै, डोटीको दिपायलको अधिकतम तापक्रम २५ देखि २७ डिग्री, दाङको घोराही र रुपन्देहीको भैरहवामा २० देखि २२ डिग्री, सुर्खेतको वीरेन्द्रनगर र जनकपुरको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहेको छ ।

यस्तै, आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। अहिले कुनै पनि न्यून चापीय प्रणालीको प्रभाव नरहेकाले देशभर वर्षाको सम्भावना तत्काल नरहेको मौसमविद् अधिकारीले बताउनु भयो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया