जलवायु परिवर्तनले नेपालमा कुनै पनि बेला ठूलो क्षति हुन सक्ने चेतावनी

 फागुन ५, २०८० शनिबार १२:१४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विश्व सामाजिक मञ्चमा सहभागीले जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

जलवायु परिवर्तनको असरका कारण नेपालले कुनै पनि बेला ठूलो क्षति भोग्नुपर्ने भन्दै विज्ञले यसबारेमा बेलैमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागिपालिकामा डिजास्टर लर्निङ सेन्टर स्थापना गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा गैरसकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले नेपालले क्लाइमेट फाइनान्स र क्लाइमेट जस्टिसका कुरालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

केयर नेपालकी प्रतिनिधि मोना शेर्पाले जलवायु परिवर्तनबाट भएको विपद् र जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमा भएको ज्ञान, अनुभव, शक्ति, सीपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय श्रोत साधनको प्रयोग विना प्रविधिको प्रयोग गरेर र राज्यले मात्रै काम गरेर समस्याको समाधान ननिस्किने बताउनु भयो । अक्सफार्म कार्यक्रम तथा साझेदारी प्रमुख निमा श्रेष्ठले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय शक्तिको प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया