शेयर बजार सामान्य घट्याे, २ अर्ब ३ कराेड रुपैयाँकाे काराेबार

 फागुन १६, २०८० बुधबार १८:९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज साम्लिङ पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), वीपीडब्ल्यू लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

सामान्य बजार घटेकाे दिन ५१ लाख १५ हजार कित्ता शेयर दुई अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया