कर्णाली चिसापानी पुलबाट एक हप्तापछि गाडी चल्न थाले

 चैत ५, २०८० सोमबार ११:३:३४ | भावुक योगी
unn.prixa.net

 बर्दिया – पूर्व पश्चिम राजमार्ग अन्तर्गत लुम्बिनी प्रदेशको बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको सिमानामा रहेको कर्णाली चिसापानी पुलबाट गाडी चल्न थालेका छन् । एक हप्ताअघि लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएपछि अवरुद्ध भएको कर्णाली चिसापानी पुलबाट आज बिहान ९ बजेदेखि गाडी चल्न थालेका हुन् ।

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्ट, ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर बिनाकुमारी भट्टराई, बर्दियाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, लम्किचुहा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष लव शाही लगायतको टोली कर्णाली चिसापानी पुलमा पुगेर स्थलगत अनुगमनपछि सानाठूला गाडी आउजाउ गर्न दिइएको हो ।

आवागमन सञ्चालन भए पनि निर्माणकार्य भइरहेकाले पुलमा एकतर्फी रुपमा पालैपालो संचालन गराउन दुवैतर्फ ट्राफिक प्रहरी खटिएका प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिनुभयो ।  एउटा मात्रै पिलरमा अडिएको कर्णाली चिसापानी पुल २०५० साल मंसिर २८ गते निर्माण बनेको हो ।

अघिल्लो हप्ताको सोमबार लाइटर बोकेको ट्रक पुलमा पुग्दा आगलागी भएपछि पुलमा रहेका फलामे तारका लठ्ठा जल्दा गाडी आवागमन अवरुद्ध भएको थियोे । त्यसपछि गाडीहरु वैकल्पिक मार्ग हुलाकी सडकबाट बर्दियाको भुरीगाउँ राजापुर हुँदै कैलालीको टिकापुर लम्की भएर आउजाउ गरिरहेका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया