कामै गर्न नसकेको भन्दै गगन थापाले गरे प्रधानमन्त्री ओलीको चर्को आलोचना

 कात्तिक २९, २०७५ बिहिबार १६:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनु भएको छ । 

नेता थापाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्तिसमेत जनाउनुभयो । नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरित भइरहेको दावीसमेत गर्नुभयो । 

संविधानको मूल मर्म अनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क छ । उहाँले कामै गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नुभयो ।

पूर्व मन्त्रीसमेत रहनु भएका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया