अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

 चैत ५, २०८० सोमबार १५:२४:४२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने घोषणा गरेको छ ।

समूहले आफ्नो लगानीको ७० प्रतिशत नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, हरित निकासी प्रसारण लाइनलगायतमा हुने बताएको समाचार संस्था एएनआईले जनाएको छ । अडानी समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ ।

अडानी समूहले आउँदो वर्ष ११ वटा कम्पनीमार्फत १४ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको एएनआईको खबरमा उल्लेख छ । समूहको लगानीले भारतको ऊर्जा र यातायात क्षेत्रको अवस्था परिवर्तन गर्न महत्त्वपूर्ण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया