मैत्रीपूर्ण फुटबलमा स्पेनलाई हराउँदै कोलम्बियाको ऐतिहासिक जित

 चैत १०, २०८० शनिबार ९:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा कोलम्बियाले स्पेनलाई हराउँदै ऐतिहासिक जित निकालेको छ । लन्डन स्टेडियममा गएराति भएको खेलमा कोलम्बियासँग स्पेन १–० ले पराजित भयो । कोलम्बियाले स्पेनलाई पहिलो पटक हराएको हो ।

कोलम्बियालाई ऐतिहासिक जित दिलाउन खेलको दोस्रो हाफमा ड्यानियल मुनोजले गरेको गोल नै निर्णायक बन्यो । मुनोजले खेलको ६१औं मिनेटमा गोल गरेका थिए । स्पेनले सन् २०१६ पछि मैत्रीपूर्ण खेलमा पहिलोपटक हार ब्यहोरोको हो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया