काठमाण्डौ महानगरपालिकाले वैशाख १ गतेदेखि भवनको नक्सापास दुई चरणमा गर्ने

 चैत ११, २०८० आइतबार ९:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । महानगरपालिकाले जारी गरेको ‘भवन निर्माण मापदण्ड २०८०’, ‘भवन निर्माण सम्बन्धी कार्यविधि २०७५ को पहिलो संशोधन २०८०’ मा दुई चरणमा नक्सापास गर्ने उल्लेख छ ।

सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरपालिकाले जनाएको छ । सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद व्यवस्थापन योजना पेश गर्नु पर्नेछ ।

भित्री सहरी क्षेत्रमा एक तला र बाहिरी वडामा २ तला बेसमेन्ट बनाउन सकिने व्यवस्था रहेको छ । १७ मिटर भन्दा अग्ला वा १० हजार स्क्वायरफिटभन्दा धेरै क्षेत्रफल भएका भवन बनाउँदा अनिवार्य भूप्राविधिक अनुसन्धान गर्नुपर्ने व्यवस्था गरेको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले बताउनुभयो ।

संरक्षित स्मारक उपक्षेत्रबाहेक अरु क्षेत्रमा जुनसुकै प्रयोजनका लागि ४ आनाभन्दा धेरै क्षेत्रफल भएको जग्गामा भवन निर्माण गर्दा २० प्रतिशत क्षेत्रफल पार्किङ् प्रयोजनको हुनुपर्नेछ । पाँच हजार वर्गफिटसम्म क्षेत्रफल हुने भवनको नक्सा वडाबाटै स्वीकृत गर्ने गरिएको छ ।

यसभन्दा धेरै क्षेत्रफल भएका भवनको नक्सा महानगरपालिकाबाट हुन्छन् । १० हजार वर्गफिटभन्दा धेरै क्षेत्रफल भएका भवनहरु निर्णायकहरुको मूल्याङ्कनबाट स्वीकृत गरिन्छ । भवन निर्माणका लागि आवदेन इलेक्ट्रोनिक बिल्डिङ्क परमिट सिस्टम (इबीपीएस) बाट दिन सकिन्छ ।

यस प्रणालीबाट आवेदन दिइसकेपछि बायोमेट्रिक गर्नबाहेक अरु प्रक्रियाका लागि कार्यालय जानु पर्दैन । यस अघि नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्र लिँदा अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानु पर्ने बाध्यता थियो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया