आयरल्याण्ड वल्भसँग खेल्ने नेपाल 'ए' को टोली घोषणा

 चैत ११, २०८० आइतबार १४:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट सङ्ग (क्यान) ले आयरल्याण्ड वल्भसँग मैत्रिपूर्ण क्रिकेट खेल्ने एक दिवसीय र टी–२० दुवै खेलका लागि नेपाल 'ए' को टोली घोषणा गरेको छ । क्यानले आज बिनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ को टोली घोषणा गरेको हो ।

टी-२० खेल्ने नेपाली टोलीमा कप्तान बिनोद भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सराफ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कम सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।

यस्तै एक दिवसीय खेल्ने नेपाली टाेलीमा लागि बिनोद भण्डारी, अर्जुन कुमाल, देब खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ सेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकाश अग्री, मौसम ढकाल रहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाल 'ए' ले आयरल्याण्ड वल्भसँग यही चैत १५, १६ र १७ गते टी–२० शृङ्खला खेल्नेछ । यस्तै चैत २१, २३ र २५ गते एक दिवसीय खेल खेल्ने क्यानले जनाएको छ । भोलिदेखि भने नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड वल्भबीचको खेल चल्नेछ । भोलि पहिलो टी–२० दिउँसो एक बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया