ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खुलाउन सुरक्षा योजना बन्यो

 चैत १२, २०८० सोमबार १८:३४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खुलाउने तयारी गरेको छ । यसको लागि काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आज व्यवसायी, सुरक्षाकर्मी लगायतसँग छलफल गर्नुभएको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तयारी थालेको हो । ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या तथा प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सुरक्षाको ग्यारेन्टी गरेर चौबीसै घण्टा खुल्ला गरेमा व्यवसाय सुधार हुने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया