मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि

 चैत १३, २०८० मंगलबार ७:२१:३४ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । हरेक वर्षझैं यसवर्ष पनि होली उत्सवको अवसरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको हो । मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होली पर्वको अवसरमा गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तिलाई यो उपाधि दिने गरिन्छ ।

हिजो जनकपुरमा राममन्दिरको प्राङ्गणमा भएको महामूर्ख सम्मेलनमा मण्डललाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो । सभामुख मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महामूर्खको सम्मान प्रदान गरिएको मिथिला नाट्याकला परिषद्ले जनाएको छ । 

आकर्षण ब्यङ्यात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सम्मान प्रदान गरिएको छ ।

समारोहमा अन्य १३ मान पदवीमध्ये यस वर्ष पटमूर्खको उपाधि मधेस सरकार अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मूर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेमविदेह ललनलाई प्रदान गरिएको छ । २०६१ सालदेखि जनकपुरधाममा महामूर्ख सम्मेलन हुँदै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया