नेभिगेशन

नेपाली विद्युतीय मोटरसाइकल 'यात्री'मा सिप्रदीले लगानी गर्ने

काठमाण्डौ – नेपाली विद्युतीय मोटरसाइकल ब्रान्ड 'यात्री'मा सिप्रदीले लगानी गर्ने भएको छ । स्वदेशमै विद्युतीय दुई पाङ्ग्रे गाडी उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा यात्री र सिप्रदीबीच सम्झौता भएको हो ।

सिप्रदी ट्रेडिङका अनुसार मेड इन नेपाल दुई पाङ्ग्रे विद्युतीय गाडी उत्पादन गर्न सिप्रदी र यात्रीबीच रणनीतिक साझेदारीको सम्झौता भएको छ । देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवम् आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुई पांग्रे सवारी उत्पादन गर्न यो सम्झौता भएको कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङ टाटाको आधिकारिक बिक्रेताको रूपमा नेपालमा रहेको छ । नेपालमै पहिलो विद्युतीय मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री नेपाली युवाकाे बीचमा चर्चित ब्राण्ड हो । 

प्रकाशित मिति:
थप सडक र सवारी