नेभिगेशन

नवलपरासीमा ट्राफिक सचेतनाका लागि ‘स्लो मोटरसाईकल रेस’

नवलपरासी – नवलपरासीमा ट्राफिक सचेतनाको लागि ‘स्लो मोटरसाईकल रेस’ प्रतियोगिता आयोजना गरिएको छ । सामुदायिक रेडियो परासीको १७औं वार्षिकोत्सवको अवसरमा बडेरामा रहेको सहिद स्मृती रङ्गशालामा आयोजित प्रतियोगितामा धर्मेन्द्र चौधरी प्रथम, जोगेन्द्र चौधरी दोश्रो र सन्जु थापा तेश्रो भएका छन् ।

चालकले सन्तुलन, नियन्त्रण, संयम र कौशल प्रदर्शनका लागि प्रतियोगिताको आयोजना गरिएकाे रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो । प्रतियोगितामा जिल्ला भरबाट ८० जनाले सहभागीता जनाएका थिए ।

सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र लुम्बिनी प्रदेश सभाका सदस्य एवम् पूर्वमन्त्री खड्ग बस्नेतको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । 

प्रकाशित मिति:
थप सडक र सवारी