नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

अनुमती नलिइ हर्मुज जलमार्गबाट आवातजावात नगर्न इरानको चेतावनी

अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देशबीच पुनः सैन्य तनाव चर्किएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ ।

इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ । अमेरिकी केन्द्रीय कमाण्डले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारणस्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई हर्मुजकाे बाटाे  हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौताविपरीतको कदम भएको बताउनुभएको छ । यसैबीच इरानले हर्मुजकाे बाटाे हुदै आवतजावत गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ ।

यद्यपि जलमार्गबाट जहाजहरूको आवतजावत जारी रहेको जनाइएको छ  । तनाव बढे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ‘स्ट्रेट अफ हर्मुज’  हुँदै विश्वको २० प्रतिशतभन्दा बढी तेल तथा ग्यास निर्यात हुने भएकाले त्यहाँको अवस्थालाई विश्व बजारले नजिकबाट नियालिरहेको छ । 

प्रकाशित मिति:
थप विश्व