नेभिगेशन

कर्णाली नदीमा मिनीबस खस्याे, १ जनाको शव फेला

दैलेख – दैलेखमा कर्णाली नदीमा यात्रुवाहक मिनीबस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क. प्र. ०२–००१ ख १०५५ नम्बरको मिनीबस बिहान साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ कर्णाली राजमार्गको साङ्गेतरामा रहेको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवणकुमार बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । सुर्खेत बसपार्कबाट छुट्दा ६ जना यात्रु रहेकामा बाटोमा थप यात्रु चढे/नचढेको यकिन नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भीरमा अड्किएको एउटा शव निकालिएको छ । बस सडकबाट ६०० मिटर तल कर्णाली नदीमा खसेको हो ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।

प्रकाशित मिति:
थप समाज