नेभिगेशन

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

काठमाण्डौ - रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको छ । 

रोमानियाका सञ्चारमाध्यमले २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको जनाएका छन् । उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको बताएको छ । 

रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेको नेपाली राजदूतावासले पनि दुर्घटनाबारे जानकारी आएको तर ज्यान गुमाउनेको पहिचान भई नसकेको जनाएको छ । 

दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३०८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान भएको हो । रोमानियामा झण्डै ५० हजार नेपाली कामदार रहेका अनुमान छ ।  

प्रकाशित मिति:
थप देश परदेश विशेष