नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

अस्ट्रेलियाको वोलोंगोंग क्षेत्रमा देउसी–भैलो कार्यक्रम

अस्ट्रेलियाको वोलोंगोंग क्षेत्रमा सक्रिय नेपाली सामुदायिक संस्था विंकको आयोजनामा देउसी–भैलो कार्यक्रम भएको छ ।

कार्यक्रम नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यो कार्यक्रमले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको विंक संस्थाका अध्यक्ष सञ्जीव अमगाईले बताउनुभयो ।

प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण गर्नु सबै नेपालीको दायित्व र साझा जिम्मेवारी रहेको उहाँको भनाइ छ । आउँदा दिनमा पनि नेपाली भाषा, कला, संस्कृति तथा सामुदायिक एकताको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने संस्थाको लक्ष्य रहेको अध्यक्ष अमगाईले बताउनुभएको छ ।

प्रकाशित मिति:
थप देश परदेश विशेष