नेभिगेशन

आज कहाँ कहाँ छ बाढीको सम्भावित जोखिम ?

काठमाण्डौ — बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकासहित देशका १६ जिल्लामा बाढीको जोखिम छ ।

आज काठमाण्डौ, भक्तपुर र ललितपुरसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, सखुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई बहने स–साना नदीमा पानीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । त्यस्तै आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी  प्रदेशका  तराई भेगका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक/ दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति:
थप समाज