नेभिगेशन

सुकुम्वासी व्यवस्थापनको नाममा सरकारको कार्यशैलीप्रति रास्वपा सांसद क्रान्तिशिखाको असन्तुष्टि

काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सुकुम्वासी व्यवस्थापनको नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । 

सामाजिक सञ्जालमार्फत उहाँले सुकुम्वासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक रहे पनि सरकारले त्यसलाई संवेदनशील, योजनाबद्ध र जिम्मेवार ढङ्गले अघि बढाउन नसकेको टिप्पणी गर्नुभएको छ । 

‘आज सडकमा बगिरहेका सुकुम्वासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ । सुकुम्वासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो । तर के यो हाम्रो वाचा पत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति