नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

कोप–३१ का लागि नेपालको राष्ट्रिय स्थितिपत्र सार्वजनिक

काठमाण्डाै – नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि आफ्नो राष्ट्रिय स्थितिपत्र सार्वजनिक गरेको छ ।

टर्किएमा आयोजना हुने सम्मेलनका लागि सरकारले हिमाली जोखिम र जलवायु वित्तलाई नेपालको मुख्य अडान र प्राथमिकताका रूपमा अघि सारेको हो ।

जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अनुसार नेपालले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायुजन्य विपद्को ठूलो क्षति व्यहोर्दै आएको छ । त्यसैले आउँदो सम्मेलनमा भोटेकोशी बाढीजस्ता विपद्को उदाहरण दिँदै हानि–नोक्सानी कोषबाट तत्काल अनुदान सहायता पाउनुपर्ने माग गरिनेछ ।

साथै विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न विकसित देशहरूले वित्तीय तथा प्राविधिक सहयोग बढाउनुपर्ने र सन् २०३५ सम्म अनुकूलन वित्त तीन गुणा पुर्‍याउनुपर्ने नेपालको अडान छ ।

नेपालले हिमाली क्षेत्रको रक्षाका लागि महासन्धिअन्तर्गत छुट्टै ‘हिमाली पारिस्थितिक प्रणाली कार्यकार्यक्रम’ स्थापनाको पहल गर्नेछ ।

सन् २०४५ सम्म खुद शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको नेपालले स्वच्छ ऊर्जा र वन संरक्षणमार्फत जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउने जनाएको छ ।

प्रकाशित मिति:
थप राजनीति