नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

इनम सापकोटासँग मेरो सम्पर्क छैन : प्रधानन्यायाधीश शर्मा

काठमाण्डाै – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया इनम सापकोटासँग जोडिएका प्रसङ्गहरूमा आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै पनि किसिमको सम्पर्क र चिनजान नरहेको दाबी गर्नुभएको छ ।

विज्ञप्ति निकालेर प्रधानन्यायाधीश शर्माले आफ्नो नाम जोडेर आएका समाचार तथा प्रसङ्गहरूमा कुनै सत्यता नभएको र प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि संलग्नता नरहेको जिकिर गर्नुभएको हो ।

यसैबीच थुनामा रहेका इनम सापकोटाको मोबाइल विवरणबाट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँगको कुराकानी र कारोबारका विवरणहरू बाहिरिएका छन् ।

सार्वजनिक ह्वाट्सएप संवादमा सापकोटाले एक मुद्दामा प्रभाव पार्न खोजेको देखिए पनि न्यायाधीश फुयालले भने कानूनी आधारअनुसार नै धरौटीमा छाडिएको प्रतिक्रिया दिनुभएको छ ।

त्यही विवादमा प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विश्वराज पोखरेलको नाममा समेत अमेरिका तथा नेपालका बैंकमा रकम जम्मा गर्न भनिएको विवरण सञ्चारमाध्यममा सार्वजनिक भएको छ ।

प्रहरीले बिचौलिया सापकोटालाई पक्राउ गरी उनीसँग जोडिएका न्यायाधीश, सुरक्षा अधिकारी र राजनीतिक व्यक्तित्वहरूको सम्बन्धबारे अहिले अनुसन्धान गरिरहेको छ ।

विवादित छविका इनम सापकोटासँग थुप्रै उच्च पदस्थ व्यक्तिहरूको सम्बन्ध खुल्न थालेपछि प्रहरीले छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ । सापकोटामाथि अनुसन्धान गर्न प्रहरीले काठमाण्डाै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा समिति गठन गरेको हो ।

1-1793273391.jpg

प्रकाशित मिति:
थप राजनीति