नेभिगेशन

कङ्गोमा इबोला सङ्क्रमित ५ सयभन्दा धेरैको ज्यान गयो

कङ्गोमा फैलिएको इबोला महामारीबाट ५ सयभन्दा धेरैको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएकोे छ ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले सार्वजनिक गरेको  तथ्याङ्कअनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कङ्गोमा एक हजार ५ सय ६१ जना सङ्क्रमित भएका छन् भने ५ सय ६ जनाको ज्यान गएको छ ।

यो महामारीमा सङ्क्रमितमध्येबाट भएको मृत्युदर ३२ प्रतिशत रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । साथै कङ्गोमा २५४ जना बिरामी निको भएका छन् भने कडा खालको ज्वरोका ३५४ जना शङ्कास्पद बिरामीहरूको अनुसन्धान भइरहेको छ ।

उत्तर–पूर्वी कङ्गोमा फैलिएको यो महामारी चार प्रान्तमा पुगेको छ तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ । ‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाबाट यो महामारी फैलिएको र यसको लागि अहिलेसम्म कुनै पनि स्वीकृत खोप वा उपचार उपलब्ध नभएको पनि डब्ल्यूएचओ)ले स्पष्ट पारेको छ ।

यसैगरी, कङ्गोको छिमेकी देश युगान्डामा पनि दुई जनाको ज्यान गएकोे छ भने त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र २० जना संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन् ।
    

प्रकाशित मिति:
थप विश्व