नेभिगेशन

कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

कम्बोडियाको कार्डामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको ‘क्यामेरा ट्र्याप’ अध्ययनमा १४ वटा दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन् ।

एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला पर्नुले संरक्षणमा सरकारी प्रयासको योगदान उजागर गरेको कम्बोडिया सरकारले जनाएको छ । त्यहाँको वातावरण मन्त्रालयले विज्ञप्तिमार्फत् अप्रिलको शुरुदेखि जुनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्त्वलाई पुनः उजागर गरेको उल्लेख गरेको छ ।

फेला परेका दुर्लभ तथा लोपोन्मुख प्रजातिमा एसियाली हात्ती, गौर अर्थात् (जङ्गली राँगो), दक्षिणी सेरो, साम्बर मृग, सन बियर, एसियाली कालो भालु, मार्बल्ड बिरालो, ढोल अर्थात् (जङ्गली कुकुर), स्पटेड लिन्साङ, लामो पुच्छर भएको मकाक, उत्तरी पिग–टेल्ड मकाक, ठूलो भारतीय सिभेट, सुन्डा प्याङ्गोलिन र चिल्लो भुवा भएको ओटर समावेश छन् ।

यस्तै स्तनधारी, चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  

प्रकाशित मिति:
थप विश्व