नेभिगेशन

सुनचाँदीको भाउ घट्ने क्रम रोकिएन : सुन आज तोलामा १ हजार ४०० रुपैयाँले घट्यो

काठमाण्डौ — सुनचाँदीको भाउ आज पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो ।

तर आइतवार यता भाउ लगातार घटेको हो । हप्ताको पहिलो कारोबार दिन आइतबार ४०० रुपैयाँले घटेको सुनको भाउ हिजो तोलामा ९०० रुपैयाँले घट्यो ।

हिजो सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकोमा आज घटेर तोलाको २ लाख ८८ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै हिजो तोलामा २० रुपैयाँ र अस्ति १० रुपैयाँले घटेको चाँदी आज तोलामा ३० रुपैयाँले घटेर तोलाको ४ हजार ५५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति:
थप अर्थ