नेभिगेशन

पाकिस्तानको कराचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो

काठमाण्डौ - पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको बीबीसीले जनाएको  छ ।  

विमानमा रहेका पाँच चालक दलका सदस्यको खोजी भने चलिरहेको छ । निजी विमान सेवा कम्पनी के–टु एयरवेजद्वारा सञ्चालित विमान संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहबाट उडेको थियो । अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेसन प्रणालीमा समस्या देखिएको थियो । 

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार, पाकिस्तानी नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै १२ घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेका हुन् । खोज अभियानमा संलग्न अधिकारीले मनसुनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार कार्य चुनौतीपूर्ण बनाएको बताएका छन् । 

प्रधानमन्त्री शेहबाज सरिफले बेपत्ता चालक दलका सदस्यका परिवारप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका लागि सबै आवश्यक स्रोत परिचालन गर्न निर्देशन दिनुभएको छ ।
 

प्रकाशित मिति:
थप विश्व