नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण

अमेरिकी सेनाले लगातार दोस्रो रात पनि पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप ९० वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ । योसँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका १७० वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक क्षमता लगायतलाई मुख्य लक्ष्य बनाइएको थियो ।

इरानी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत २ रातमा १४ जनाको ज्यान गएको छ ।

यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ । यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्धविराम सङ्कटमा परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्धविरामको प्रभाव समाप्त भएको सङ्केत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो ।

यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजहरूलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो ।

प्रकाशित मिति:
थप विश्व