नेभिगेशन

पुराना गाडी साटेर टाटाका नयाँ गाडी चढ्ने अवसर

काठमाण्डाै – नयाँ गाडी चढ्ने योजनामा रहेका ग्राहकका लागि टाटा मोटर्सले याेजना ल्याएको छ । भाेलिदेखि आउँदाे आइतवार असार २८ गतेसम्म देशभरका टाटा शोरुमहरूमा ‘मनसुन एक्सचेन्ज अफर’ सञ्चालन हुने भएको छ ।

३ दिनसम्म चल्ने मेलामा ग्राहकले आफ्ना पुराना गाडी साटेर टाटाका अत्याधुनिक गाडी सजिलै घर लैजान सक्नेछन् । यो मेलाले गाडी अपग्रेड गर्न चाहनेहरूका लागि एउटा उत्सवको जस्तै वातावरण सिर्जना गर्ने कम्पनीकाे विश्वास छ ।

 टाटाका अनुसार मेलामा ग्राहकले आफ्नो पुरानो गाडीको बजारकै उत्कृष्ट मूल्याङ्कन पाउनुका साथै ठूलो रकमको नगद छुटसमेत प्राप्त गर्नेछन् । विशेषगरी विद्युतीय गाडी (ईभी) तर्फ आकर्षित ग्राहकका लागि कम्पनीले जीवनभरका लागि निःशुल्क डीसी फास्ट चार्जिङ र घरमै चार्जर जडान गरिदिनेजस्ता सुविधाहरू ल्याएको छ । साथै प्रत्येक बुकिङमा सुनिश्चित उपहार, निःशुल्क एसेसरिज र १ वर्षको गाडी करसमेत कम्पनीले नै बेहोर्नेछ ।

झन्झटरहित प्रक्रिया र थुप्रै निःशुल्क सुविधाहरूका कारण यो समय गाडी साट्न चाहनेहरूका लागि वर्षकै उत्कृष्ट अवसर बन्ने कम्पनीकाे भनाइ छ ।

टाटाका अनुसार मध्यम वर्गीयदेखि विलासी गाडी खोज्ने सबैका लागि लक्षित यस मेलाले ग्राहकको आर्थिक भार कम गर्दै गाडी चढ्ने अवसर प्रदान गर्नेछ ।

प्रकाशित मिति:
थप सडक र सवारी