नेभिगेशन

भदौ २३ र २४ गतेको घटनासम्बन्धी प्रतिवेदन सच्याउन ओलीकाे निवेदन

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराउनुभएको छ ।

ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्ताैलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर १७७ सच्याउन मागसहित निवेदन दर्ता गराउनुभएको हो ।

आयोगले भदौको घटनामा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव अधिकार उल्लङ्घन गरेको ठहर गर्दै कारबाहीको सिफारिश गरेको थियो ।

ओलीकाे निवेदनमा आयोगको त्यो निर्णय संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दाबी गर्दै पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ ।

प्रकाशित मिति:
थप राजनीति