नेभिगेशन

‘स्टन्टबाजी’ गर्न सरकारमा आएको हाेइन : गृहमन्त्री गुरुङ

काठमाण्डाै – गृहमन्त्री सुधन गुरुङले आफू ‘स्टन्टबाजी’ गर्न सरकारमा नआएको बताउनुभएको छ ।

गणेश नेपालीकाे घटनाबारे जानकारी दिन आज प्रतिनिधिसभाकाे बैठकमा पुग्नुभएका गृहमन्त्री गुरुङले याे घटनामा कति जना अस्पताल पुगे भनी विपक्षी दलका सांसदहरूलाई प्रश्न पनि गर्नुभयो । ठाउँमा पुगेर नागरिकको सेवा गर्न नसक्ने तर सदनमा नागरिककाे सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने उहाँकाे भनाइ थियाे ।

गृहमन्त्रीले आफूहरूले ठाउँमा गएर नागरिककाे सेवा गर्दा त्यसलाई विपक्षी दलका सांसदहरूले ‘स्टन्टबाजी’ भनेकोमा आपत्ति जनाउँदै आफूलाई त्यस्ताे इच्छा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले धेरै माननीयज्यूहरू देखेँ – उठेर सदनमा घाँटी सुक्नेगरी चिच्याइरहनुभएको थियो । सदनमा चिच्याएर मात्रै हुँदैन । नागरिककाे सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । मुखले बोलेको ५०औँ वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्दछ । ठाउँमा गएर गर्नुपर्दछ । नागरिककाे सेवा ठाउँमा गएर गर्न सक्नुपर्दछ । त्यसलाई तपाईँहरू स्टन्टबाजी भन्नुहुन्छ । म आफ्नो देशको सेवा गर्न आएको हो ।’

प्रकाशित मिति:
थप राजनीति