नेभिगेशन

स्पेनको डढेलोमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ । अल्मेरियाको लोस गायार्डोस क्षेत्रमा फैलिएको यो डढेलोमा थप २३ जना बेपत्ता रहेका छन् । 

स्पेन अहिले इतिहासकै एक भीषण डढेलोले सामना गरिरहेको छ । अत्यधिक तापक्रम, सुक्खा जमिन र शक्तिशाली हावाका कारण बिहीबार आगो तीव्र रूपमा फैलिएको बीबीसीले जनाएको छ । 

बिजुलीको तार भुईँमा खसेर आगलागी भएको आशङ्का गरिए पनि विद्युत् कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन् । सयौँ अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूको चेतावनी छ । 

विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोपमा विश्व औसतभन्दा दोब्बर गतिमा तापक्रम बढिरहेको र यसले डढेलो थप भीषण बनाइरहेको छ । 

प्रकाशित मिति:
थप विश्व