नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

अमेरिकाले इरानका सर्त स्वीकार गरे हर्मुज जलमार्ग केही दिनभित्रै खुल्ने संकेत

इरानले हर्मुज जलमार्ग एकदिन फेरि खोल्ने सम्भावना रहेको जनाएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार कतारका मध्यस्थकर्तामार्फत यस विषयमा वार्ता भइरहेको छ ।

तर, हर्मुज जलमार्ग खोल्ने योजना अमेरिकाले तेहरानका सर्तहरू स्वीकार गरेमा मात्र कार्यान्वयन हुने उहाँको भनाइ छ ।

यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पठाएको पत्र आफूले समीक्षा गरेको बताउनु भएको छ । पत्रमा अमेरिकाको शैली केही परिवर्तन भएको र यसलाई इरानले सकारात्मक रूपमा लिएको अलजजीराले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताउनुभएको छ । रुबियोका अनुसार ट्रम्प सैन्य विकल्पभन्दा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न प्राथमिकता दिइरहनुभएको छ ।

यद्यपि, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकी तथा इजरायली सम्भावित खतराको जवाफ दिन आफ्ना सैन्य कमान्डरहरूलाई निर्देशन दिएका खबरमा उल्लेख छ । एकातिर अमेरिका र इरानबीच कूटनीतिक संवादको संकेत देखिएको छ भने अर्कोतर्फ सैन्य सतर्कता र तनाव कायमै छ ।

जलमार्ग खोल्ने विषयमा हुने आउँदो वार्ताले मध्यपूर्वको सुरक्षा अवस्था र विश्वव्यापी ऊर्जा आपूर्तिमा महत्वपूर्ण प्रभाव पार्नेछ ।

प्रकाशित मिति:
थप विश्व