नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

फ्रान्समा भैरहेको प्रदर्शनमा हिंसा भड्किने आशङ्कामा सुरक्षा व्यवस्था कडा

फ्रान्समा भैरहेको प्रदर्शनमा सम्भावित हिंसा रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनमा हिंसा भड्किने आशङ्कामा सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रदर्शन तेस्रो हप्ता प्रवेश गरेको छ ।

यहीबेला हेलोविन पर्वसमेत परेकाले हिंसा भड्किन सक्ने आशङ्का छ । हेलोविन पर्वमा मानिसले मास्क तथा नकाब लगाउने भएकाले प्रदर्शनकारीलाई पहिचान गर्न कठिन हुन सक्ने अनुमान छ । पसल तथा व्यावसायिक प्रतिष्ठानले आफ्नो अगाडिका भागमा काठका फल्याकले छोपेर बन्द गरेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा देशमा यस्तो अशान्त अवस्था रहनु सामान्य नभएको बताएको समाचार संस्था एएफपीले जनाएको छ । यसअघि गएको शनिबार झण्डै ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

आज पनि उत्तिकै संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । शुरुआती हप्ताको प्रदर्शनमा पनि झडप, पसलमा लुटपाट र सार्वजनिक भवनमा आगजनी भएको थियो ।

बढ्दो जीवनयापन खर्च, असमानता र शिक्षाको खस्कँदो अवस्थाविरुद्ध आन्दोलन शुरु भएकोमा अहिले नागरिक स्वतन्त्रताको संरक्षण र प्रदर्शन गर्ने अधिकारको मागसमेत उठेको छ ।

अक्टोबर १७ मा भएको झडप, लुटपाट र तोडफोड रोक्न सुरक्षा तथा गुप्तचर संयन्त्रले प्रभावकारी काम गर्न नसकेको सुरक्षा अधिकारीले स्वीकार गरेका छन् । त्यसयता विभिन्न शहरमा प्रदर्शन नियन्त्रण गर्ने र कफ्र्यु जारी गर्ने उपाय अपनाउँदै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । 

प्रकाशित मिति:
थप विश्व