नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

इजरायलमा नेतान्याहुको गठबन्धनले बहुमत प्राप्त गर्न सकेन

इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम मतपरिणाम सार्वजनिक गर्दै वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको जनाएको छ ।

नेतान्याहु समर्थक समूहले ५३ सिट जितेको छ भने नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ । द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ ।

गदी आइसेनकोट नेतृत्वको याशरले २१, बी’याचडले १२ र संयुक्त सूचीले ११ सिट जितेका छन् । डेमोक्रेट्स र रामले आठ/आठ तथा अन्य तीन दलले सात/सात सिट प्राप्त गरेका छन् । सास र रिलिजियस जियोनिज्मले समान ६/६ सिट जितेका छन् । नेतान्याहुविरोधी समूहले ४८ र अरब दलहरूले १९ सिट प्राप्त गरेका छन् । चुनावमा ७७.९ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

अन्तिम आधिकारिक मत परिणाम नोभेम्बर ४ मा राष्ट्रपति आइज्याक हर्जोगसमक्ष पेस गरिनेछ । उहाँले सरकार गठनको सम्भावना बढी भएको उम्मेदवार छनोट गर्न दलका प्रतिनिधिसँग परामर्श गर्नुहुनेछ ।

सरकार गठनमा असफलता भए अर्को नेताले अवसर पाउन सक्नेछ भने निर्धारित समयभित्र प्रक्रिया पूरा नभए पुनः चुनाव हुन सक्छ । सरकार गठनका लागि विपक्षी दलहरूबीच पनि समीकरणको खोजी भइरहेको बीबीसीले जनाएको छ । 

प्रकाशित मिति:
थप विश्व